Like us!
Follow us!
Connect us!
Watch us!

साढे ६% ले बढ्यो जीवन बीमा कम्पनीको व्यापार, अग्रस्थानमा नेपाल लाइफ हुँदा अन्य कुनको कति ?

अर्थ संसार

बुधबार, १० पुस २०८१, १० : २५ मा प्रकाशित

साढे ६% ले बढ्यो जीवन बीमा कम्पनीको व्यापार, अग्रस्थानमा नेपाल लाइफ हुँदा अन्य कुनको कति ?

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर)सम्म जीवन बीमा कम्पनीहरूले ६५ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरूले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हुन् । 

यो गत आवको मंसिर मसान्तसम्मको तुलनामा भने ६.४७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले कुल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीहरूले उक्त शुल्क प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड १ लाख, वैदेशिक रोजगार बीमा शुल्कबाट १ अर्ब १८

कुनको कति ?  

नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा  सबै भन्दा धेरै बीमाशुल्क संकलन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । पाँच महिनामा उक्त कम्पनीले १८ अर्ब ७६ करोड ४८ लाख रुपियाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले यस अवधिमा २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले ७ अर्ब ६६ करोड ३६ लाख र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

चालू आवको पाँच महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँ शुल्क संकलन गरेको छ ।

यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड ७६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६५ करोड ५४ लाख संकलन गर्दा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ९९ करोड ६८ लाख बीमा शुल्क संकलन गरेका छन् ।त्यसैगरी, यस अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड ७५ लाख, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ७९ करोड १४ लाख र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको