Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान

अर्थ संसार

मंगलबार, १२ जेठ २०८३, १७ : २७ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित  नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो ।

१६७ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  सुशिला सुनारलाई ज्येष्ठ ८ गते एक कार्यक्रमका बीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १ का वडा अध्यक्ष  दिनेश खत्रीज्यू, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन अझ प्रभावकारी हुनुको साथै विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्य तथा शैक्षिक वातावरणमा अझ सहजता हुने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको