सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबारका लागि विशेष साधारणसभा बोलाएको हो ।
उक्त सभा बैंकको ८ औँ विशेष साधारणसभा हो । सभा बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बिहान ९ बजे सुरु हुने छ । उक्त सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, यसका लागि आवश्यक पर्ने अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र संरचना संशोधन गर्ने, बैंकको समूहगत सेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले समूह ‘क’ का संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र समूह ‘ख’ का सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले जेठ २६ गते १ दिन बूक क्लोज गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस