Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालय, देवचुलीलाई सहयोग

अर्थ संसार

विहीबार, २५ असार २०८३, १२ : ५८ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालय, देवचुलीलाई सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवचुली नगरपालिका– १५, नवलपरासी स्थित श्री जन ज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतिक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ।

बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदम राज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्चीहरु तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका हुन्। नारायणगढ क्षेत्र प्रमुख भण्डारीले बैंकको तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षास्थलको लागि पनि सहयोग गरेका छन्।

शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले उक्त सहयोग उपलब्ध गराएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्दै सो सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको