अर्थ संसार, काठमाडौँ - सेयर बजार एक हजार २०० को बिन्दुमा उक्लेको छ । आज बजार २८.७३ बिन्दुले बढेर एक हजार २०९ बिन्दुमा पुगेको हो ।
लगातार सात दिन घटेर सोमबार देखि बढ्न थालेको सेयर बजारले आज फराकिलो अंकले फड्को मारेको हो ।
कूल १६५ कम्पनीका १० लाख ६८ हजार कित्ता सेयर रु ३६ करोड खरिद बिक्री भएको छ ।आज सबै उपसूचक बढेका छन्। सबैभन्दा बढी निर्जीवन बिमा समूह ३.५६ प्रतिशत बढेको छ । कारोबारमा आएका १० वटै उपसूचक एक प्रतिशत भन्दा बढीले बढेको छ ।
आज स्वरोजगार लघुबित्त विकास बकैका सेयरधनीले करिब १० प्रतिशत कमाए भने वोमि माइक्रो फाइनान्सका शेयरधनीले १० प्रतिशत भन्दा बढी गुमाएका छन् ।बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस