रिज लाइन इनर्जी लिमिटेडको ७१ हजार बढी कित्ता सेयरको लकइन अवधिक भदौ सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्था अनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म मात्र कायम रहने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुन लागेको हो। लक–इन अवधि समाप्त भएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस