Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको नाफामा ३८ प्रतिशतको वृद्धि, वितरणयोग्य नाफा कति ?

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १० : २३ मा प्रकाशित

सानिमा बैंकको नाफामा ३८ प्रतिशतको वृद्धि, वितरणयोग्य नाफा कति ?

सानिमा बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो । 

वित्तीय विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा कमिसन बापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको लाभांश दिने क्षमतामा पनि वृद्धि भएको छ । वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा २ अर्ब ८३ रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको चुक्ता पुँजीका आधारमा प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ कायम भएको छ । जसले लगानीकर्ताका लागि आकर्षक लाभांशको बलियो आधार प्रस्तुत गर्दछ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा बैंकको व्यावसायिक आकार पनि विस्तार भएको छ । ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अगं्राधिकार सेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ । बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्तिको आकार बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४२ पैसा रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको