Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबारमा १% अतिरिक्त शुल्कको हल्ला भ्रम मात्रै,लगानीकर्ता त्रसित हुनुपर्दैन - सांसद हरि ढकाल

अर्थ संसार

सोमबार, १५ असार २०८३, १२ : २९ मा प्रकाशित

सेयर कारोबारमा १% अतिरिक्त शुल्कको हल्ला भ्रम मात्रै,लगानीकर्ता त्रसित हुनुपर्दैन - सांसद हरि ढकाल

पछिल्लो समय दोस्रो बजारमा 'सेयर कारोबार गर्दा १ प्रतिशत कर वा शुल्क लाग्ने' भनी सामाजिक सञ्जाल र लगानीकर्तामाझ व्यापक बहस र अन्योल सिर्जना भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले बजारमा फैलिएको यो हल्ला पूर्णतः भ्रम रहेको स्पष्ट पारेका छन्।

सेयर बजारका मुद्दाहरूलाई संसद र सडकमा उठाउँदै आएका सांसद ढकालले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आम लगानीकर्तालाई कुनै पनि हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, 'हामीले TMS/NEPSE मार्फत दोस्रो बजारमा सेयर कारोबार गर्दा ब्रोकरले १% कर वा शुल्क लिने होइन। दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पूँजीगत लाभकर (CGT) ७.५% वा १०% नै हो।

सांसद ढकालका अनुसार यो १ प्रतिशत शुल्क नियमित रूपमा सेयर किनबेच गर्ने आम लगानीकर्ताका लागि नभई विशिष्ट प्रकृतिका 'अफ-मार्केट' कारोबारका लागि मात्र लक्षित हो।

उनले लेखेका छन्

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको