अर्थ संसार, काठमाडौं– अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ (नेरु) कमजोर हुने क्रम अझै थामिएको छैन । पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भनेनेरु कमजोर ।
यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमयदर १ सय १४ रुपैयाँ भन्दा माथि पुगेको छ । यसकोअर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न १ सय १४ रुपैया“ २४ पैसा खर्चिनुपर्छ भन्ने हो। यो हालसम्मकै उच्च हो।
मंगलबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद दर १ सय
१३ रुपैयाँ ६४ पैसा तोकेको छ । यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर १ सय
१३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्दै गएपछि त्यसबाट पर्न सक्ने सम्भावित असरबारे राष्ट्र बैंकले अध्ययन थाल्नेतयारी गरको छ ।
पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा देखिएको तीब्र आर्थिक सुधारले विश्व बजारमा डलर बलियो गएको जनाउँदै राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुङ्गानाले भने, ‘मंगलबारका लागि अमेरिकी डलरको विनिमय दर १ सय १४ भन्दा माथि पुगिसकेकोछ । निरन्तर रूपमा डलर बलियो बन्दै गएको कारण र सम्भावित असरबारे अध्ययन सुरु गर्छौं ।’
विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउ“दा केही दिन अझै अमेरिकी डलर बलियो बन्दै जाने उनको अनुमान छ । ‘यत्तिमै पुग्ला भन्नेतोकेर भन्न अप्ठेरोछ,’ उनले भने, ‘यद्यपि केही समय डलर बलियो बन्ने सम्भावना देखिन्छ ।’
नेपालको आफ्नो कारणले भन्दा पनि डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दै गएकाले नेरु पनि कमजोर भएको जानकारहरू बताउँछन्। भारतीय अर्थतन्त्र त्यति सारो खराब नभए पनि अमेरिकी अर्थतन्त्रमा आएको उच्च सुधारले तुलनात्मक रूपमा भारु कमजोर भएकोर त्यसको असर नेरुमा पनि परको उनीहरूको भनाइ छ ।
नेरु र भारतीय रुपैयाँ (भारु) बीच स्थिर विनिमयदर छ । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियो हुँदा बलियो हुन्छ । अहिले
पनि त्यही भएको हो।
करिब दुई वर्षअघि भारत सरकारले पाँच सय र हजार दरका नोट चलन चल्तीबाट हटाएदेखि नै विश्व बजारमा भारतीय मुद्रा कमजोर हुन थालेको हो। पछिल्ला वर्षहरूमा भारतमा आयात धेरले बढेको, चालु खाता घाटा फराकिलो बन्दै गएको, प्रत्यक्ष विदेशी लगानी (एफडीआई) अपेक्षित रूपमा बढ्न नसकेको लगायत कारण डलरको तुलनामा भारु कमजोर भएको हो।
भारतीय अर्थतन्त्रको विद्यमान अवस्थामा भारतीय मुद्रा कमजोर बन्नु स्वाभाविक भएको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का पूर्व गभर्नर रघुराम राजनले बताएका छन्। एक सञ्चार माध्यममा दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्।
अहिले डलरको तुलनामा भारु कमजोर भए पनि चिन्ता लिनुपर्ने अवस्था नभएको उनको भनाइ छ । आफ्नो मुद्राकोमूल्य निरन्तर रूपमा घट्दै जाँदा मुद्राप्रतिको विश्वासमा कमी आउने र त्यो राजनीतिक विषय हुने भएकाले राज्य स्तरबाटै नियन्त्रणका लागि पहल हुने जानकारहरू बताउँछन्।
‘भारतको सवालमा पनि त्यो अवस्था आउन सक्छ,’ एक विज्ञलेभने, ‘भारु धेरै कमजोर हुन नदिन राजनीतिक नेतृत्व तहबाटै पहल हुन सक्छ । त्यसो भएको अवस्थामा भारु कमजोर हुने क्रम रोकिन्छ । त्यसको सकारात्मक असर नेरुमा पनि पर्नेछ ।’ कान्तिपुरबाट
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस