Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य वृद्धी, कुनमा कति ?

विहीबार, २१ भदौ २०७५, ०८ : २९ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य वृद्धी, कुनमा कति ?

अर्थ संसार, काठमाडौँ - नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धी गरेको जनाएको छ ।

पेट्रोलियम पदार्थमा मूल्य वृद्धी भएसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य ११२ रुपैयाँ, डिजेल र मट्टितेलको ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मुल्य १४ सय रुपैयाँ हुने छ।

निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी गर्नुपरेको आयल निगमले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको