Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वाधारको आठ दशमलव तीन प्रतिशत खर्च

विहीबार, ०८ कार्तिक २०७५, १० : ५२ मा प्रकाशित

पूर्वाधारको आठ दशमलव तीन प्रतिशत खर्च

अर्थ संसार, काठमाडौँ– चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब एक अर्ब बजेटमध्ये आठ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिनुभयो । मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना छन् ।

हुलाकी राजमार्ग, मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण कोरिडोर र द्रुतमार्ग ९फास्ट ट्र्याक० आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरिएको छ । आर्थिक वर्षको शुरुवाती चरणमा टेण्डरको प्रक्रियामा जान समय लाग्ने भएकाले काम नै नभए जस्तो देखिने गरेको उहाँले बताउनुभयो ।

सबै प्रक्रिया पूरा गरी तीन महीनामा आठ प्रतिशतभन्दा बढी खर्च हुनुलाई नराम्रो भन्न नसकिने प्रवक्ता शर्माको भनाइ छ । समयमै काम गर्न विभाग एवं आयोजनाहरुलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको