थानकोट र नागढुंगा जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत र दातृसंस्था जाइकाका अध्यक्षले संयुक्त रूपमा रिबन काटेर यस आयोजनाको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटनप्रति रुचि नदेखाएपछि मन्त्री बनेको चार महिनामै यो ऐतिहासिक अवसर भौतिक पूर्वाधारमन्त्री लम्सालले प्राप्त गरे।
सुरुङमार्गमा राखिएको नयाँ सुनौलो शिलालेखमा उनको नाम अभिलेखित गर्दै लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो ।’ आयोजनास्थलमा अर्को नेपाल र जापानको झण्डासहितको अर्को शिलालेख पनि राखिएको छ।
यस सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए र उनका समर्थकहरूले यो आयोजना ओलीकै सोचअनुसार बनेको बताउने गरेका छन्। यद्यपि, हाल आयोजनास्थलमा ओलीले शिलान्यास गरेको कुनै अभिलेख छैन; उक्त पुरानो शिलालेख निर्माणस्थलबाट हटाएर सडक विभागमा राखिएको र पछि ‘जेनजी आन्दोलन’ का क्रममा जलेर नष्ट भएको दाबी गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस