Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकले माग्यो १ दर्जन कर्मचारी

सोमबार, २५ पुस २०७३, १६ : ३९ मा प्रकाशित

हाम्रो विकास बैंकले माग्यो १ दर्जन कर्मचारी

अर्थसंसार 

काठमाडौँ – नुवाकोटमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंक लिमिटेडले एक दर्जन भन्दाबढी कर्मचारीका लागि आवेदन आवेदन आह्वान गरेको छ । बैंकले ४ वर्षको अनुभवसहित व्यवस्थापन संकायमा मास्टर्स वा सीए उतीर्ण गरेका एक जना डेपुटी जेनेरल मेनेजर मागेको छ । उक्त पदका लागि ४५ वर्षको उमेर ननाघेको हुनुपर्नेछ ।

यस्तै बैंकले एकजना आईटी मेनेजरका लागि पनि दरखास्त आह्वान गरेको  छ । उक्त पदका लागि आइटी विषयमा स्नातक उतीर्ण गरी कम्तीमा ४ वर्षको अनुभव भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तैगरी  व्यवस्थापकीय तह अपरेसनका लागि व्यवस्थापन वा अर्थसास्त्रको संकायमा मास्टर्स वा सीए उतीर्ण गरेको एकजना कर्मचारीको लागि निवेदन खुल्ला गरेको छ  । उक्त पदका लागि कम्तीमा ४ वर्ष बैंक तथा वित्तीय संस्थामा अफिसर लेभलमा रहेर काम गरेको र उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तैगरी व्यवस्थापन, अर्थ वा कानुन विषयमा मास्टर्स गरेको वा सीए गरेको ५ जनाको लागि व्यवस्थापन प्रशिक्षार्थीका लागि पनि आवेदन आह्वान गरेको छ । उक्त पदका लागि ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

यस्तै सिनियर एसिस्टेन्ट ३ जनाको लागि पनि बैंकले कर्मचारी मागेको छ । उक्त पदका लागि स्नातक उतीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्ष काम गरेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तैगरी एसएलसी पास गरी सवारीचालक अनुमतिपत्र भएको एकजना म्यासेन्जरको लागि पनि निवेदन खुल्ला गरेको छ । उक्त पदका लागि  ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । 

यस्तै बैंकले केहि प्रशिक्षार्थी एसिस्टेन्टको पनि माग गरेको छ । उक्त पदका लागि  व्यवस्थापन संकायमा स्नाकोत्तर उतीर्ण गरेको र ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

बैंकले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई पुस २७ गतेभित्र आवेदन दिन भनेको छ । ईच्छुक व्यक्तिले हाम्रो विकास बैंकको इमेल ठेगाना [email protected] मा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, व्यक्तिगत विवरण र निवेदन पठाउन सक्नेछन् । 

यी विषय पढ्न छुटाउनु भयो कि ? 

के हो केन्द्रीय निक्षेप प्रणाली ?

अलटिमेट हाई टेकले माग्यो ३६ जना कर्मचारी

होङ्सी शिवम् सिमेन्टमा कर्मचारीको आवश्यकता

स्वाबलम्बनमा दुई नयाँ संचालक नियुक्त

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

बाल्यकालमै दुवै गोडा गुमाएर जीउनु पर्दा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको