Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्टले लाभांश दिने

आइतबार, २९ पुस २०७५, १४ : ५४ मा प्रकाशित

सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्टले लाभांश दिने

अर्थ संसार, काठमाडौं– सेन्ट्रल फाइनान्सले आफ्ना शेयरधनीलाई सात प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७४\७५ को नाफाबाट हालको चुक्ता पू्ँजीको सात प्रतिशतले हुने रु पाँच करोड ७६ लाख ३७ हजार ८५० लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको सधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।

यसैगरी ओम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १२ दशमलव ७० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । आव २०७४\७५ को नाफाबाट उक्त प्रस्ताव गरिएको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभाबाट उक्त प्रस्ताव पारित गरि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको