चालु आर्थिक वर्ष २०८३/८४ सुरु भए पछि सेयर बजार दोस्रो पटक घटेर कारोबार भयो । गत आर्थिक वर्षको अन्तिम तीन दिनदेखि बढेको बजार ६ दिन पछि घटेको थियो । त्यस पछि गत साताको अन्तिम दुइ कारोबार दिन बढेको बजार यो साताको पहिलो दिन नै घटेर कारोबार भयो ।
यो साता सेयर कारोबार हुने पहिलो दिन सोमबार परिसूचकमा १.२१ प्रतिशतको गिरावट आयो । गत बिहीबार १३ अंकले घटेको बजार आज भने ३३.२८ अंकले घटेर कारोबार भयो । कारोबार जारी रहँदा २६९३ विन्दुसम्म पुगेको बजार अन्तिममा २७०१ विन्दुमा पुगेर बन्द भयो । ६ अर्ब माथिको कारोबार भएको बजारमा साताको पहिले दिन नै गिरावट आउँदा अहिले बजारमा आर्थिक वर्षको सुरुमा बढ्ने क्रममा ब्रेक आएको वा करेक्सन के हो भन्ने प्रश्न उठिरहेको छ । आज घटेको बजारलाई लगानीकर्ताले करेक्सन नै मानेका छन । सेयर बजारका विषयमा प्रधानमन्त्री बालेन्द्र साहले चासो दिएको र आर्थिक वर्षको सुरुवातका समयमा बढेको बजारमा अब गिरावट आउने अवस्था आएको पाे हाे कि भन्नेहरू पनि छन् ।
लगातारको वृद्धि पछि जुन खालको गिरावट आएको छ । यसलाई करेक्सन नै मान्नु पर्ने लगानीकर्ता छोटेलाल रौनियारको भनाइ छ । उनले अहिलेको अवस्थामा सबै कुरा सकारात्मक हुँदा हुँदै पनि आम मासकाे साइकोलोजि कमजोर रहेकाले बजार घटिरहेको उनले बताए । केही दिन अघि सरकारले सुधारका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे पछि बजार बढेको र आजको गिरावट करेक्सन कै रुपमा हेर्नु पर्ने रोनियारले बताए । ‘सरकारले पुँजी बजारको सुधारका लागि कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अहिले नै कार्यान्वयन भएको अवस्था होइन । अहिले पनि लगानीकर्ताहरुको मनोबल बढ्न नसकेको अवस्था छ,’ उनले भने ।
अहिले बजारमा सप्लाइ आइरहेको र डिमाण्ड सिर्जना हुन नसकेको उनको भनाइ छ । सबै सूचक सकारात्मक हुँदा हुँदै पनि लगानीकर्ताको मनोबल नबढेकाले बजारले गति लिन नसकेको रौनियारले बताए । नीतिगत सुधार नभएसम्म बजारले गति लिन नसक्ने उनको भनाइ छ । सेयर बजारमा हुने घटबढ नै यसको सुन्दर्ता भएइकाले अहिले केही करेक्सन मात्रै भएको र भविष्यमा यसमा सुधार हुने आशामा लगानीकर्ता रहेको उनको भनाइ छ ।
सरकारले अहिले क्यापिटल गेन ट्याक्स बढाउने भन्दा पनि घटाउनु पर्ने बेला रहेको उनको रौनियारको भनाइ छ ।
एकै दिन ठूलो अंकको गिरावट आएको भए पनि यसलाई करेक्सनकै रुपमा हेरेको अर्का लगानीकर्ता जगन्नाथ ढंगेलको भनाइ छ । दुई हप्ताको उल्लेख्य सुधार पछिको गिरावट ठूलै भए पनि करेक्सनका रुपमा नै हेर्नु पर्ने उनको धारणा छ । भोलि पनि बजार घट्यो भने बजार फेरि ओरालो लागेको रुपमा व्याख्या गर्न सकिने उनको भनाइ छ । ‘दुईं हप्ता लगातार रुपमा राम्रो अंकले बजार बढेको थियो । आज ठूलो गिरावट आए पनि यसैलाई आधार मानेर बजार घटेको भन्न सकिदैन । यो करेक्सन नै हो,’ उनले भने ।
आज सेयर बजार पछिल्ला ५३ कारोबार दिन पछिको ठूलो गिरावट हो । यस अघि सेयर बजार वैशाख २९ गते ३९.४४ अंकले घटेको थियो । त्यस पछि आज नै बजारमा ठूलो गिरावट आएको हो । अहिलेको अवस्थामा बजार घट्नुको मुख्य कारण नै अर्थमन्त्री रहेको अर्का लगानीकर्ता नानीबाबु खरेलको भनाइ छ । अर्थमन्त्रीले बोल्ने गरेका कुराले नै बजार घटेकाले सरकारले अब कसरी काम गर्छ भनेर लगानीकर्ताहरुले हेरिरहेको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस