अर्थ संसार, काठमाडौं– घलेम्दी हाइड्रो लिमिटेडल यस निश्कास गरेको साधारण शेयर (आइपिओ) मंगलबार बाँडफाँट गरेको छ ।
आइपीओमा आवेदन दिएका ५४ हजार ६९२ जना आवेदकलाई बाँडफाँट गरिएको छ । यसमध्ये १० हजार ६९९ जनाले २० कित्ता र ४३ हजार ९९३ जना अवेदकले ३० कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले पुस १९ गतेदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसबाहेक २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यसको जारी पुँजी ५५ करोड रुपैयाँ रहेको छ । घलेम्दीले म्याग्दीको घलेम्दी खोलामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
रिजल्ट हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस