Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफले शेयरधनीलाई बोनस शेयर दिने, कति प्रतिशत ?

मंगलबार, ०१ माघ २०७५, १४ : ४३ मा प्रकाशित

गुराँस लाइफले शेयरधनीलाई बोनस शेयर दिने, कति प्रतिशत ?

अर्थ संसार, काठमाडौँ– गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३\७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने रु २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । सो संस्थाको ५० प्रतिशत हकप्रद शेयर वितरणपछि प्रतिकित्ता रु ६४३ मा मूल्य समायोजन गरिएको हो । संस्थाको औसत शेयर मूल्य रु ८९७ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको