Like us!
Follow us!
Connect us!
Watch us!

माहुली सामुदायिक लद्युवित्त वित्तीय संंस्थाके शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

बुधबार, ०२ माघ २०७५, ०८ : ५९ मा प्रकाशित

माहुली सामुदायिक लद्युवित्त वित्तीय संंस्थाके शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गरिसकेको छ । साथै कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव वार्षिक साधारसभाले पारित गरेको छ ।

माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, २९ पुस २०७५)

पुस १५ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् । बिहीवार कम्पनीको शेयरमूल्य रू. १ हजार २ सय ८५ मा खुला भएको छ । अघिल्लो दिनको तुलनामा २५ अंक बढेर रू. १ हजार ३ सय १० पुगेको हो । १ वर्षको कारोबार अवधिमा कम्पनीको उच्च मूल्य रू. ३ हजार र न्यून मूल्य रू. १ हजार १ सय ८० रहेको छ ।

प्राविधिक विश्लेषण

खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी रहेको छ । सो अवधिसम्म २ सय ६० कित्ता शेयर खरीद र १ सय ८० सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष
कम्पनीको ५० दिनको कारोबार अवधिको अन्तिम दिन सेतो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ४२ दशमलव ५८ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव १४ विन्दुमा छ । उतारचढाव न्यून छ ।

यस्तो अवस्थामा कम जोखीम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ हजार ३ सय १० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ५ सय ४० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार २ सय ५० मा टेवा पाउने देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको