अर्थ संसार, काठमाडौं– एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद मुनाफामा भारी गिरावट आएको ।
संस्थाले दोस्रो त्रेमासममा १ करोड ३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत सोही अवधिमा १ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने १०.३३५ ले बढेर ८ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष यसले ८ करोड ११ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफामा पनि ४४.८१५ को गिरावट आएको छ । गत वर्ष २ करोड ८४ लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको सञ्चालन नाफा यो त्रैमासमा घटेर १ करोड ५६ लाख ७९ हजार रुपैयाँमा खुम्चिएको हो ।
एनएमबिले यस त्रैमास सम्ममा ८६ करोड ४४ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड ४९ लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ९ करोड ७० लाख १७ हजार रुपैयाँ छ ।
कम्पनीको खराब कर्जा पनि २.३३५ बाट बढेर २.८९५ पुगेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस