Like us!
Follow us!
Connect us!
Watch us!

चार करोड धरौटी बुझाएर छुटे विक्रम पाण्डे

बुधबार, ०२ माघ २०७५, १८ : ३० मा प्रकाशित

चार करोड धरौटी बुझाएर छुटे विक्रम पाण्डे

अर्थ संसार, काठमाडौं– पूर्वमन्त्री बिक्रम पाण्डे रु  ४ करोड धरौटी लिएर रिहा भएका छन् ।

सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डले चार करोड धरौटी बुझाएर आज रिहा भएका हुन् ।

अख्तियारको फरारको सूचीमा रहेका पाण्डे बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । बुधबार नै अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले रु ४ करोड धरौटी माग्ने निर्णय गरेको हो ।  पाण्डेले बुधबार रकम नबुझाए पनि ग्लोबल आईएमई बैंक ग्यारेन्टी बसेपछि उनी धरौटीमा छुटेको बताइएको छ ।

अख्तियारको फरार सूचीमा रहेका उनलाई विशेष अदालतले हाजिर हुन १५ दिनको म्याद जारी गरेको थियो । उनी म्यादभित्रै अदालतमा हाजिर भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको