Like us!
Follow us!
Connect us!
Watch us!

५ महिनामा मुलुकको घाटा ८५ अर्ब

शुक्रबार, ०४ माघ २०७५, १४ : ५९ मा प्रकाशित

५ महिनामा मुलुकको घाटा  ८५ अर्ब

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भई रु एक खर्ब १९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु ६४ अर्ब ११ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा रु ६२ करोड तीन लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा रु एक अर्ब चार करोड ४५ लाख पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु ८५ अर्ब ३२ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु पाँच अर्ब ४८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महीनामा रु पाँच करोड ३९ लाख घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा रु ७५ करोड एक लाख पुगेको छ ।

बैंककाअनुसार गत असारसम्म कूल विदेशी विनिमय सञ्चिति रु ११ खर्ब दुई अर्ब ५९ करोडबाट शून्य दशमलव तीन तीन प्रतिशतले कमी आई २०७५ मङ्सिर मसान्तमा रु १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा रु १० अर्ब आठ करोडबाट सात दशमलव नौ प्रतिशतले कमी आई २०७५ मङ्सिर मसान्तमा रु नौ अर्ब २९ करोड रहेको छ ।

 कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तको रु नौ खर्ब ८९ अर्ब ४० करोडको तुलनामा २०७५ पुस मसान्तमा रु ६६ अर्ब २६ करोडले कमी आई रु नौ खर्ब २३ अर्ब १४ करोड रहेको छ । कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव सात प्रतिशत छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको