अर्थ संसार, काठमाडौ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सोमबार सार्वजनिक गरेको छ ।
उद्योगी व्यवसायीहरुले उठाउदै आएको चर्काे ब्याजदरको विषय मौद्रिक नीतिले सम्बोधन गरेको राष्ट्र बैंकको भनाई छ । मुलुकको आर्थिक स्थिति समान्य रहेको र आर्थिक वृद्धिदर यस अघिको जस्तै हुने मौद्रिक नीतिको समिक्षामा उल्लेख छ ।
निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा प्रतिकूल प्रभाव पर्नसक्ने जोखिम रहेको राष्ट्र बैंकको स्वीकारोक्ति छ ।
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा भएको वृद्धि गत वर्षको भन्दा बढी भएको समीक्षामा उल्लेख छ । तथापि, निक्षेप र कर्जाका बीच सन्तुलन कायम हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
हेर्नुहोस् पूर्णपाठ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस