Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकै ठूलो बैंक एचएसबीसीले कमायो २० अर्ब डलर

बुधबार, ०८ फागुन २०७५, ११ : ४० मा प्रकाशित

विश्वकै ठूलो बैंक एचएसबीसीले कमायो २० अर्ब डलर

अर्थ संसार, काठमाडौँ – विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा उक्त नाफा करबाहेकको रकम रहेको जनाइएको छ ।

वर्षको अन्तिम चौमासिक अवधिमा चुनौतीपूर्ण बनेको बाह्य वातावरणका बाबजूद बैंकको नाफा सकारात्मक रहेको बैंकको भनाई छ ।

मुख्य व्यावसायिक गतिविधि एसियामा केन्द्रित गरेको एचएसबीसी बैंकका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबकै बीचमा पनि बैंकलाई प्रतिस्पर्धात्मक बनाइने प्रतिबद्धता जनाए ।

बैंकले सन् २०१८ को अक्टोबर(डिसेम्बरबीच ४ दशमलब ४ अर्ब डलर आम्दानी हुने पूर्वानुमान गरेपनि त्यसमा केही कमी भएर ३ दशमलब ३९ अर्ब डलर भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको