Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, ११ : ५६ मा प्रकाशित

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता

नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच 'नागरिक पेन्सन योजना' सञ्चालन गर्ने सहमति भएको छ। सोसम्बन्धी समझदारी पत्रमा सोमबार कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसको लागि पालिकाको तर्फबाट दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीको तर्फबाट पनि सोही बराबरको रकम गरी प्रति कर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुनेछ । सम्झौता अनुसार सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुष्ठ वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउने तथा दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने उल्लेख छ ।

योजनामा सहभागी कर्मचारीको विवरण, केवाईसी र व्यक्तिगत खातासम्बन्धी अभिलेख नगरपालिकाले अद्यावधिक गरी कोषलाई उपलब्ध गराउनुपर्नेछ । कर्मचारीको रोजगारी समाप्त भएमा वा नगरपालिकाले योगदान जम्मा गर्न बन्द गरेमा सम्बन्धित व्यक्तिले आफ्नो खाता सञ्चालन गर्न वा बाँकी रकम फिर्ता लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको