प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा खुलाएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यो सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उत्सुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको आगामी ३५ दिनभित्र कम्पनीको सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक तर्फबाट आवेदन नपरेको खण्डमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस