अर्थ संसार
काठमाडौं–ठमेलमा रहेको होटल होलिडे होमको लागि २१ जना कर्मचारीको आवश्यकता परेको सूचना गरेको छ । होटलले ७ वर्षको अनुभवसहित होटल मेनेजमेन्ट पढेका १ जना महाप्रबन्धक माग गरेको छ । यस्तै स्टोर किपरमा २ जना कर्मचारीको आवश्यकता परेको छ । उक्त पदका लागि व्यवस्थापन संकायमा स्नातक गरी ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
यस्तैगरी होटलले बिबिए वा बिबिएस गरेका २ जना एकाउन्टेन्टको माग गरेको छ । यस्तै होटल मेनेजमेन्ट पढेर ५ वर्षको अनुभव भएका २ जनालाई सोर्स चिफमा आवेदन दिन भनेको छ । यस्तैगरी फ्रन्ट अफिस चिपमा १ जना, फ्रन्ट अफिस एसिसटेन्टमा ३ जना र वेटरमा ५ जनाको माग भएको जानकारी होटलले दिएको छ । यस्तै लन्ड्री अपरेटर २ जना र लन्ड्री एटेडेन्ड ३ जनाको माग पनि होटलले गरेको छ । सबै पदमा इच्छुक तथा योग्यता पुगेका व्यत्तिले आफ्नो पासपोर्ट साइजको फोटोसहित व्यक्तिगत विवरण [email protected] मा पठाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस