यी आयोजनामध्ये न्यादी जलविद्युत् आयोजनको ५० प्रतिशतभन्दा बढी काम भएकाले चालू आवको अन्त्यसम्ममा सार्वजनिक शेयर निष्कासनको प्रक्रिया शुरू हुने भएको छ । कम्पनीले गतवर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको हो । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीले रू. ७५ करोड ८२ लाख नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा २२ प्रतिशत बढी हो ।


कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७३/७४ बीच तुलना गर्दा:
-
दोस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट रू. ३८ करोड ४० लाख आम्दानी गरेको छ । यो गत आवको तुलनामा ५ दशमलव १५ प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ४० करोड ४८ लाख आम्दानी गरेको थियो । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४४ करोड छ । १० प्रतिशत बोनस शेयर वितरण गरेपछि पूँजी रू. २ अर्ब ४४ करोड पुगेको हो ।
-
कम्पनीको कुल चालू सम्पत्ति रू. २ अर्ब २१ करोड छ भने चालू दायित्व रू. ६१ करोड ५२ लाख छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ०७, मूल्य आम्दानी अनुपात १२ दशमलव ०७, चालू अनुपात ३ दशमलव ६१ र प्रतिशेयर नेटवर्थ रू. २ सय ७३ दशमलव २१ छ । बिहीवारको शेयरमूल्य रू. ३ सय ४५ कायम भएको छ ।
-
अर्निङ पावर रेशियो : ०.०९ गुणा
-
अर्निङ यिल्ड रेशियो : ९ प्रतिशत
प्राविधिक विश्लेषण
खरीद चाप : कम्पनीको बिहीवार भएको शेयर कारोबारको अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । यस अवधिसम्म १ हजार ७ सय २२ कित्ता शेयर खरीद गर्ने माग र १ हजार २३ सय कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीका आगामी आयोजनाहरू न्यादी जलविद्युत् आयोजना ३० मेवा, काबेली ए जलविद्युत् आयोजना ३७.६ मेवा, तल्लो मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना १ सय ४० मेवा, मनाङ–मस्र्याङ्दी आयोजना २ सय ८२ मेवा, माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत् आयोजना ६ सय मेवा, चिनोखोला साना जलविद्युत् आयोजना ८ दशमलव ५ मेवा र मुगु कर्णाली जलविद्युत् १ सय ६० मेवा आयोजना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस