Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, ११ : १० मा प्रकाशित

सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

योसँगै आज प्रतितोला सुन २ लाख ८४ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १३५ रुपैयाँले घटेको हो । योसँगै आज चाँदी तोलामा ४ हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ ।  हिजो चाँदी ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको