अर्थ संसार, काठमाडौं– ललितपुरको नख्खु स्थित एनसेल मुख्य कार्यालय अगाडि हिजो साझ बम बिस्फोट भएको थियो । उक्त बिस्फोटमा परी ३ जना घाइते एक जनाको मृत्यु भएको छ ।
बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।
घटनामा परी घाइते हुनेमा आरुसा मानन्धर र प्रतीक्षा खड्काको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले शुक्रबार साँझ भएकाे साे बम विस्फोटको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस