Like us!
Follow us!
Connect us!
Watch us!

लाइफ इन्स्योरेन्सको शेयर किन्ने सोचमा हुनुहुन्छ ? पहिला हेरौं कम्पनी विश्लेषण

आइतबार, १२ फागुन २०७५, ०९ : १८ मा प्रकाशित

लाइफ इन्स्योरेन्सको शेयर किन्ने सोचमा हुनुहुन्छ ? पहिला  हेरौं  कम्पनी विश्लेषण

भारतीय जीवन बीमा निगम र विशाल ग्रूपको पहलमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को स्थापना भएको हो । कम्पनीमा भारतीय जीवन बीमा निगमको सबैभन्दा बढी ५५ प्रतिशत, विशाल ग्रूपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर स्वामित्व छ । यो कम्पनी नेपालको जीवन बीमा उद्योगमा आईएसओ प्रमाणीकरण प्राप्त गर्ने पहिलो एवम् एकमात्र जीवन बीमा कम्पनीको रूपमा रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) : कम्पनी विश्लेषण (आइतवार, १२ फागुन २०७५)कम्पनीले २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित बोनस शेयर बीमा समितिबाट स्वीकृत र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयर शेयरधनीले पाउनेछन् । कम्पनीले चालू आवको पुस मसान्तसम्ममा रू. ७ करोड १७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशत वृद्धि भएको हो । आगामी दिन आफ्ना ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले देशका विभिन्न स्थानमा शाखा खोल्ने र आफ्ना अभिकर्तालाई प्रशिक्षित गर्दै व्यवसाय बढाउन लक्ष्य कम्पनीले लिएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले पुस मसान्तसम्ममा रू. ५ अर्ब ८१ करोड बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा २८ प्रतिशत वृद्धि भएको हो । कम्पनीको कुल कायम रहेको बीमालेख संख्या ७ लाख २५ हजार ७३ रहेको छ ।

  • कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३३ करोड छ । १२ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १ अर्ब ४९ करोड पुग्नेछ । रिजर्भ कोषमा रू. ५४ करोड ८१ लाख छुट्याएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६५ प्रतिशत वृद्धि भएको हो । जीवन बीमा कोष २७ प्रतिशत बढेर रू. ४८ अर्ब ६८ करोड पुगेको छ ।

  • रू. १३ करोड ३९ लाख आम्दानी गर्दा रू. ६ करोड २१ लाख खर्च भएको छ । पुनर्बीमा कमिशनबाट रू. ६२ लाख १६ हजार आम्दानी भएको छ । बीमालेखको धितोमा रू. ३७ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।

  • कम्पनीले ७ हजार ३ सय ७० जनालाई रू. १ अर्ब ४५ करोड दाबी भुक्तानी गरेको छ भने रू. २ करोड ६३ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।

  • दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ३८, मूल्य आम्दानी अनुपात ३ सय १६ दशमलव शून्य ८ र प्रतिशेयर नेटवर्थ रू. १ सय ५० रहेको छ । बिहीवारको शेयरमूल्य रू. १ हजार ६ सय ५ कायम भएको छ ।

  • डिभिडेन्ड यिल्ड रेशियो : ०.७४ प्रतिशत

  • अर्निङ पावर रेशियो : ०.००१ गुणा

  • अर्निङ यिल्ड रेशियो : ०.३३ प्रतिशत

निष्कर्ष 
कम्पनीको ६४ दिनको शेयर कारोबारको आधारमा गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन घट्ने संकेत गर्दछ । आरएसआई न्युट्रल जोन ४१ दशमलव ८६ विन्दुमा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । स्ट्यान्डर्ड डेभिएशन २४ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा जोखिम कम हुने हुँदा प्रतिफल पनि कम रहन्छ । कम्पनीकोे मुभिङ एभरेजलाई हेर्दा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै औसत मूल्यरेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ हजार ६ सय ५ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ६ सय ५० मा प्रतिरोध पाउने र सस्तिएमा रू. १ हजार ५ सय ७६ मा टेवा पाउने देखिन्छ ।अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको