सोही अवधिमा कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ३३ लाख पुगेको छ भने रिजर्भ कोषमा रू. १८ करोड ७२ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको तुलनामा केही बढी हो । कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उपत्यकाबाहिर शाखा कार्यालय तथा सेवा विस्तार गर्ने र कारोबारमा आधुनिकीकरण गर्ने कम्पनीको आगामी योजना छ ।
कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
-
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ७ करोड ३६ लाख खुद ब्याज आम्दानी गर्दा रू. २ करोड ८२ लाख नाफा आर्जन गरेको छ । कम्पनीले रू. २२ करोड ७८ लाख ब्याज आम्दानी गर्दा रू. १५ करोड ४२ लाख ब्याजमा खर्च गरेको छ । गत आवको तुलनामा चालू आवमा ब्याज आम्दानी २८ प्रतिशत बढेको छ भने ब्याज खर्च १८ प्रतिशत बढेको छ ।
-
कम्पनीको कर्मचारी खर्च रू. १ करोड ९३ लाख छ । यो गत आवको तुलनामा १६ दशमलव ८९ प्रतिशत बढी हो । कम्पनीले अन्य सञ्चानलमा रू. १ करोड खर्च गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशत बढी हो ।
-
कम्पनीको कुल सम्पत्ति रू. ४ अर्ब ३६ करोड छ भने अन्य सम्पत्ति रू. १९ करोड ६४ लाख छ । कम्पनीले रू. २५ करोड २३ लाख लगानी गरेको छ ।
-
कम्पनीको निष्क्रिय कर्जा १ दशमव ४९ प्रतिशत छ । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. ६ दशमलव ८६ छ भने प्रतिशेयर नेटवर्थ रू. १ सय २२ दशमलव ७४ छ । कम्पनीको मूल्य आम्दानी अनुपात रू. १६ दशमलव ६१ छ भने प्रतिशेयर कुल सम्पत्ति मूल्य रू. ५ सय २२ दशमलव ६९ छ । कम्पनीको तरलता अनुपात २८ दशमलव ९० प्रतिशत छ ।
-
डिभिडेन्ड यिल्ड रेशियो : ६.२५
-
अर्निङ पावर रेशियो : ०.००६ गुणा
-
अर्निङ यिल्ड रेशियो : ६.१२ प्रतिशत
-
खरीद चाप : कम्पनीको आइतवार भएको शयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा २ हजार ४ सय कित्ता शेयर खरीद गर्ने माग थियो भने ७ सय ७६ कित्ता शेयर विक्री गर्ने माग थियो । अन्त्यमा कारोबार भने हुन सकेन ।
प्रतिक्रिया दिनुहोस