चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म वाणिज्य बैंकले ८६ अर्ब बढी सेयर धितोमा कर्जा प्रवाह गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १९ वटा वाणिज्य बैंकले कुल ८६ अर्ब ३३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जसमा १६ वटा बैंकले सेयर कर्जामा लगानी बढाएका छन् भने ३ बैंकले घटाएका छन् ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.५७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यो अवधिसम्म भने वाणिज्य बैंकहरुले ६३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
कुन बैंकको कति ?
चालु आर्थिक वर्षको ५ महिनामा (मंसिर मसान्तसम्ममा) सबैभन्दा बढी कर्जा प्रवाह नबिल बैंकले गरेको छ । यो अवधिमा बैंकले कुल ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंक छ । ग्लोबल आइएमईले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा नेपाल बैंकले ७ अर्ब ९१ करोड, प्राइम बैंकले ५ अर्ब ८३ करोड, सिटिजन बैंकले ५ अर्ब ६८ करोड, प्रभु बैंकले ४ अर्ब २ करोड, लक्ष्मी सनराइजले ३ अर्ब ७४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८ करोड सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
यसैगरी यो अवधिमा एसबिआई बैंकको कर्जा प्रवाह ४७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । माछापुच्छे बैंकको ९५ करोड १८ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७ अर्ब ९० करोड १८ लाख रुपैयाँ र कुमारी बैंकको ६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । सानिमा बैंकको २ अर्ब ३२ करोड, कृषि विकास बैंकको १ अर्ब ९३ करोड र एनएमबि बैंकको १ अर्ब ७१ करोड रुपैयाँ सेयर सेयर धितो कर्जा प्रवाह भएको छ ।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया र हिमालयन बैंकको सेयर धितो कर्जामा लगानी घटेको छ । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २० करोड, एनआइसी एशियाले २ अर्ब ५३ करोड रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ८३ करोड सेयर धितो कर्जा प्रवाह गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस