Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, ०९ : ३२ मा प्रकाशित

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा वार्षिक साधारणसभासमेत बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको