नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिदमूल्य १३८.१९ रुपैयाँ र बिक्रीदर १३८.७९ रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी एक यूरोको खरिदभाउ १४२.१७ रुपैयाँ र बिक्रीभाउ १४२.७९ रुपैयाँ तोकिएको छ भने अष्ट्रेलियन डलरको खरिदभाउ ८५.८३ रुपैयाँ र बिक्रीभाउ ८६.२० रुपैयाँ तोकिएको छ।
त्यस्तै १० जापानिज येनको खरिददर ८.८७ रुपैयाँ र बिक्रीदर ८.९१ रुपैयाँ निर्धारण गरिएको छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ निर्धारण गरिएको छ।
यता एक मलेसियन रिङ्गिटको खरिदमूल्य ३०.६९ रुपैयाँ र बिक्रीमूल्य ३०.८३ रुपैयाँ, कुवेती दिनारको खरिदमूल्य ४४७.८० रुपैयाँ र बिक्रीमूल्य ४४९.७४ रुपैयाँ छ भने साउदी अरेबियन रियालको खरिदमूल्य ३६.८३ रुपैयाँ र बिक्रीमूल्य ६६.९९ रुपैयाँ तोकिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस