Like us!
Follow us!
Connect us!
Watch us!

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई एकै पटक तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

अर्थ संसार

शुक्रबार, ०४ माघ २०८१, १३ : २४ मा प्रकाशित

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई एकै पटक तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ।

गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले १ करोड २ लाख ८७ हजार ९ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो। संस्थानले आर्थिक वर्ष २०४९/५० देखि आव २०८१/८२ सम्मको घरजग्गा-सम्पत्ति कर बुझाएको हो। 

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरिसकेको छ। महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ। जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा-सम्पत्ति कर गणना हुने व्यवस्था रहेको छ।

ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने व्यवस्था रहेको छ।। समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्नसक्ने व्यवस्था रहेको  छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको