 
                            उन्नति सहकार्य लघुवित्तले माघ २६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले होटल सनस्टार इन्टरनेशनल प्रा. लि.,रुपन्देही, भैरहवामा बिहान १० बजे बोलाएको हो ।
सभामा भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।
त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकको निर्वाचन गरिनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ १४ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस