Like us!
Follow us!
Connect us!
Watch us!

कहिलेदेखि सुरु हुन्छ मार्जिन कारोबार ? यस्तो छ स्टक र ब्रोकरको तयारी

बुधबार, १५ फागुन २०७५, ११ : १६ मा प्रकाशित

कहिलेदेखि सुरु हुन्छ मार्जिन कारोबार ? यस्तो छ स्टक र ब्रोकरको तयारी

अर्थ संसार, काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जले धितोपत्रको दोस्रो बजारमा मार्जिन कारोवार शुरु गर्न धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

स्टकले सबै धितोपत्र दलाल व्यवसायीलाई पत्राचार गर्दै मार्जिन कारोवार प्रणाली शुरु गर्न आग्रह गरेको हो ।

कारोवारलाई सुरक्षित, पारदर्शी एवम् व्यवस्थित बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ तयार भई लागू भइसकेको छ । सोही कार्यविधिअनुसार आवश्यक कार्य गर्न तथा गराउन धितोपत्र दलाल व्यवसायीलगायत सबैलाई स्टकले आग्रह गरेको छ ।

उक्त व्यवस्थाबमोजिम शेयर लगानीकर्ताले शेयर बजारमा लगानीका लागि धितोपत्र दलाल व्यवसायीबाट ऋण लगायतका अन्य सुविधासमेत पाउनेछन् ।

धितोपत्र नै धितोमा राखेर पनि ऋण पाउन सक्ने भएकाले त्यस्तो व्यवस्थाले बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको