अर्थ संसार, काठमाडौं – ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकोप्टरमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पालगायत रहेका थिए ।
यस्तै एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका एकक उपमहानिर्देशक, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए । अन्य एकजना यात्रुको भने नाम खुलेको छैन ।
सुरक्षा स्रोतका अनुसार यो हेलिकप्टर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ६ नटिकल माइल उत्तर पूर्वमा दुर्घटनामा परेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस