अर्थ संसार, काठमाडौं– पाँचथर पावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा माग भन्दा बढी आवेदन परेको छ ।
कम्पनीले १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर (आइपिओ) निश्कासन गरेकोमा बुधबार साँझसम्म २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको हो ।बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधबार बेलुकासम्ममा ५० हजार २०० आवेदन मार्फत २१ लाख १० हजार कित्ताको लागि आवेदन परेको छ ।
यही चैत्र १२ गते निश्कासन गरेको आइपिओमा भर्ने बिहीबार अन्तिम दिन भएपनि सार्वजनिक विदा परेकाले (आज) शुक्रबार (बैकिङ समयसम्म) आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।बुधबार डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जनाको निधन भएपश्चात सरकारले बिहीबार सार्वजनिक विदा दिएको हो ।
कम्पनीले निश्कासन गर्ने साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।
कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस