अर्थ संसार, काठमाडौं– रिलायन्स फाइनान्स कम्पनीले बोलकबोल प्रक्रियाबाट लिलामीमा ल्याएको अवितरित हकप्रद आज (फागुन १७) देखि विक्रीमा आएको छ ।
कम्पनीले संस्थापक समूहतर्फको १ लाख ८८ हजार ८७४ दशमलव ५२ कित्ता शेयर विक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य रू।
१०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि कुनै सीमा तोकिएको छैन । यो हकप्रदमा चैत १ गतेसम्म आवेदन दिन सकिनेछ ।
बोलपत्र आवेदन फारम पेश गर्नका लागि सनराइज क्यापिटल लिमिटेड र सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ । साथै, रिलायन्स फाइनान्स लिमिटेडको पोखरा, चितवन, बनेपा र झापाको कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस