Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथरको आइपिओमा पर्यो २ गुणा बढी आवेदन

शुक्रबार, १७ फागुन २०७५, १५ : ५० मा प्रकाशित

पाँचथरको आइपिओमा पर्यो २ गुणा बढी आवेदन

अर्थ संसार, काठमाडौं–पाँचथर पावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा माग भन्दा २ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार ३ बजेसम्म ३५ लाख १ हजार ८७० कित्ताको लागि आवेदन परेको हो । ८१ हजार ८१० जना आवेदकले आवेदन दिएका हुन् । यो नै अन्तिम विवरण  भने होइन ।

आवेदक र आवेदन कित्ता संख्या अझै बढ्ने छ । यही फागुन १३ गतेदेखि कम्पनीले १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर (आइपिओ)  निश्कासन गरेको  थियो । लगानीकर्ताले आवेदन दिने फागुन १६ गते अन्तिम दिन भएपनि १६ गते सार्वजनिक विदा परेकाले (आज)  फागुन १७ गते अर्थात शुक्रबार (बैकिङ  सयमसम्म) आवेदन दिन सक्नेछन् ।

हामी दुई वर्षमा १० प्रतिशत प्रतिफल दिन्छौं, ढुक्क भएर पाँचथर पावरको आइपिओमा लगानी गर्नुस् 

बुधबार डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ जनाको  निधन भएपश्चात सरकारले बिहीबार सार्वजनिक विदा दिएको थियो ।

कम्पनीले निश्कासन गर्ने साधारण शेयरमा  न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको  थियो ।

कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको