Like us!
Follow us!
Connect us!
Watch us!

बंगलादेशी लगानीकर्ता भित्र्याउन सरकारले गर्दैछ यस्तो सम्झौता

मंगलबार, २१ फागुन २०७५, ११ : ५३ मा प्रकाशित

बंगलादेशी लगानीकर्ता भित्र्याउन सरकारले गर्दैछ यस्तो सम्झौता


अर्थ संसार, काठमाडौं – नेपालले मंगलबार बंगलादेशसँग पनि दोहोरो कर मुक्ति सम्झौता गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाकै उपस्थितीमा नेपाल र बंगलादेशबिच दोहोरो कर मुक्ति सम्झौता हुन लागेको हो । नेपालले यस अघि अन्य १० वटा देशसँग दोहोरो कर मुक्ति सम्झौता गरेको थियो ।

नेपालले यस अघि चीन, भारत, कतार, दक्षिण कोरिया, पाकिस्तान, मौरिसस, अष्ट्रिया, श्रीलंका, नर्वे र थाईल्याण्डसँग दोहोरो कर उन्मुक्ति सम्झौता गरिसकेको छ । दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौता अनुसार एक अर्काे देशका लगानीकर्ताले अर्काे देशमा लगानी गर्दा दुबै देशमा कर तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

आयकर ऐन, २०५८ को दफा ७३ मा कुनै व्यक्तिको कुनै आयमा यस ऐन वा प्रचलित कानुन बमोजिम कर लाग्ने व्यवस्था भएको र सोही आयमा विदेशी मुलुकमा पनि कर लाग्ने रहेछ भने त्यस्तो दोहोरो कर नलाग्ने गर्न नेपाल सरकारद्वारा विदेशी सरकारसित अन्तर्राष्ट्रिय सम्झौता गर्न सक्नेछ । भन्ने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार नेपालले विभिन्न १० देशहरुसंग दोहोरो करमुक्ति तथा वित्तीय छल निरोध सम्झौता गरेको हो ।

बंगलादेशसँग गरिने सम्झौताले नेपालमा बंगलादेशको लगानी भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले दोहोरो कर मुक्ति तथा वित्तिय छल निरोध सम्झौताले नेपालमा बंगलादेशका लगानीकर्तालाई आकर्षित गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको