अर्थ संसार, काठमाडौँ– लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।०६ बिन्दुले बढेर एक हजार १०२.६४ बिन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।३७ बिन्दुले बढेर २३४।२५ बिन्दुमा पुगेको छ । कूल १७४ कम्पनीको सात लाख ३३ हजार ४२२ कित्ता शेयर रु २२ करोड ५२ लाख ३१ हजार ४४३ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर बढेको छ । व्यापार २।७ र अन्य उपसमूह ३।१५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ २।०४, होटल ४।४१, विकास बैंक १।१५, जलविद्युत् ४।९८, वित्त ३।०५, निर्जीवन बीमा ३।०१, उत्पादन २८।६१, लघुवित्त ५।२८ र जीवन बीमा १२।१४ बिन्दुले बढेको छ ।
सामान्य बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६।४४ प्रतिशत, सेन्ट्रल फाइनान्स ४।५९, गुर्खाज फाइनान्स लिमिटेड ३।८५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३।५३ प्रतिशतले कमाएका छन् । यस्तै सिन्धु विकास बैंकका शेयरधनीले ७।९३, घलेम्दी हाइड्रोपावर लिमिटेड ४।९७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ४।७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४।२२ र मिथिला लघुवित्त वित्तीय संस्था ३।४४ प्रतिशतले गुमाएका छन् ।
यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड २६ लाख १६ हजार ११४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ८७ लाख ५३ हजार ६०० र एनआइसी एशिया बैंकको रु एक करोड २० लाख ८२ हजार ४४१ बराबरको कारोवार भएको छ ।
यस्तै, स्टकमा आज लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य समायोजन भएको छ । कूल १२ प्रतिशत शेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता रु एक हजार ४३२ मा मूल्य समायोजन भएको हो । सो कम्पनीको औसत शेयर मूल्य रु दुई हजार १०३ रहेको छ । यसैगरी मेगा बैंक लिमिटेडको १० लाख ३० हजार ९४८ कित्ता शेयर लाभांश स्टकमा सूचीकृत भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस