अर्थ संसार, काठमाडौं–सेन्ट्रल फाइनान्सको प्रस्तावित ७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रस्तावित लाभांश र साधारण सभा प्रयोजनका लागि बिहीवार बुक क्लोज गर्ने भएकाले बुधवारसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।
कम्पनीले चैत ५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ती गर्ने कार्यक्रम पनि तय भएको छ ।
गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी ८२ करोड ३३ लाख ९७ हजारको आधारमा ७ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस