अर्थ संसार, काठमाडौँ – शिवम सिमेन्टको साधारण शेयरमा आवेदन गर्ने सबैलाई दिइएको छ ।सो कम्पनीको प्राथमिक शेयरको आज बाँडफाँड गरिएको हो ।
सर्वसाधारणतर्फ न्युनतम ५० कित्तादेखि ५ हजार २२० कित्तासम्मको आवदेन दिनेले मागे जति सबैले शेयर पाएका छन ।
अधिकतम एक लाख कित्तासम्म आवेदन दिनेले ५ हजार ६४० कित्ता शेयर पाएका छन् ।
सर्वसाधारणतर्फ ५१ हजार ८८२ जनाले ५१ लाख ८९ हजार ५६० कित्ताको लागि योग्य आवेदन परेको थियो ।
कम्पनीले सर्वसाधारणको लागि ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर बिक्री गरेको थियो ।
स्थानीय प्रभावित क्षेत्रका लागि ८ लाख ८० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेकोमा एक हजार ८९८ जनाले आवेदन दिएका थिए ।
प्रभावित क्षेत्रबाट अधिकतम एक लाख १५ हजार कित्तासम्मको लागि आवेदन दिएका थिए, जसमा मागेजति सबैले शेयर पाएका छन । साथै बिक्री नभएको ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको छ।
कम्पनीले सर्वसाधारणको लागि रु दुई सय प्रिमियम थप गरि रु ३०० र स्थानीय प्रभावित क्षेत्रका बासिन्दाको लागि रु एक सय रुपैयाँ प्रिमियम थप गरि रु २०० मा बिक्री गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस