अर्थ संसार, काठमाडौं– पाँचथर पावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) बिहीबार बाँडफाँट भएको छ ।
यसमा २० कित्तासम्म आवेदन दिने सबै आवेदकलाई माग अनुसार नै सेयर दिइएको छ । यस्तै, ३० कित्तादेखि ९ हजार ६२० कित्तासम्म आवेदन दिएका सबैलाई पनि २० कित्ताकै दरले सेयर दिइएको छ ।
यसरी बाँडफाँट गरेर बाँकी रहेको ३ लाख ३५ हजार ३१० कित्ता सेयर सोही रेन्जमा आवेदन दिएकामध्ये गोलाप्रथा मार्फत ३३ हजार ५३१ जनालाई १० कित्ता थप गरिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गरेको हो ।
यसमध्ये कर्मचारीलाई २ प्रतिशत अर्थात ३५ हजार ५ कित्ता कर्मचारीलाई छुट्याइएकोमा ९ हजार ५९८ कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी सेयर सर्वसाधारणलाई नै बाँडफाँट गरिएको छ । सामूहिक लागानी कोषलाई ५ प्रतिशत (८७ हजार ५१२ कित्ता) सेयर बाँडफाँट गरिएके छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस