Like us!
Follow us!
Connect us!
Watch us!

स्पर्स लद्युवित्तको आइपिओमा आज आवेदन दिने अन्तिम दिन

बुधबार, २९ फागुन २०७५, ०८ : ३८ मा प्रकाशित

स्पर्स  लद्युवित्तको आइपिओमा आज आवेदन दिने अन्तिम दिन

अर्थ संसार, काठमाडौं–स्पर्स लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज अर्थात फागुन २९ गते अन्तिम दिन रहेको छ ।

यही फागुन २६ गतेदेखि विक्री खुल्ला भएको यस कम्प्नीको साधारण शेयरमा ५८ लाख  कित्ताको लागि आवेदन परिसकेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार मंगलबार दिउँसो ५ बजेसम्म उक्त कित्ताको लागि २ लाख ५ हजार जना आवेदकले आवेदन दिएका हुन् ।

संस्थाले २६ गतेदेखि  २ लाख ५२ हजार कित्ता साधारण शेयर ९आइपिओ० बिक्री खुल्ला गरेको छ ।

बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले काम गरिरहेको छ । यस कम्पनीले निश्कासन गरेको साधारण शेयरमा लगानी गर्ने इच्छुक लगानीकर्ताले सि आस्वा प्रणालीको माध्यमबाट र नजिकको बैंकबाट पनि आवेदन दिन सक्नेछन् ।

फागुन २६ गतेदेखि निश्कासन भएको साधारण शेयर फागुन २९ गते बन्द हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको