अर्थ संसार, काठमाडौं – माउण्टेन हाइड्रो नेपालको आईपीओमा सर्वसाधारणले करीब दुई गुणा बढी आवेदन दिएका छन् । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार मंगलवार पाँच बजेसम्म ५० हजार ६७२ जना आवेदकले ३४ लाख २३ हजार ४१० कित्ता खरीदको आवेदन दिएका हुन् ।
कम्पनीले फागुन २३ गतेदेखि १८ लाख १६ हजार १ सय १० कित्ता आईपीओ विक्री खुला गरेको हो । यसअघि आयोजना प्रभावित स्थानियका लागि १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्दा वितरण हुन नसकेको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर आईपीओ विक्रीमा ल्याएको हो ।
सर्वसाधारणलाई जारी गरेको कुल कित्तामध्ये कम्पनीले ३६ हजार ३ सय २२ कित्ता कर्मचारीहरुलाई, ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरु र बाँकी १७ लाख ३९ हजार ७ सय ८८ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याएको छ ।
विक्री बन्दको छिटो अवधिमै मागभन्दा बढी आवेदन परेकाले मंगलवार आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले ढिलोमा चैत २२ गतेसम्मको मिति तय गरेको यस आइपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ८० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
कम्पनीले पाँचथर जिल्लाको फिदिममा हेवा खोला र फेमे खोलाको पानीबाट २१ दशमलव ६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । हाल रू। १ अर्ब ६ करोड ८३ लाख ८९ रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू। १ अर्ब २५ करोड पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस