

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
-
पुस मसान्तसम्ममा कम्पनीले रू. ९२ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ५ प्रतिशत बढी हो । जारी बीमालेखको संख्या ५५ हजार ५ छ भने नवीकरण गरिएको बीमालेखको संख्या १७ हजार ९ सय ५१ छ ।
-
कम्पनीले महाविपत्ति जगेडा कोषमा रू. २३ करोड १४ लाख छुट्याएको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. ३३ करोड ६५ लाख छ । पुनर्बीमा कमिशनबाट रू. १३ करोड २८ लाख आम्दानी गरेको छ ।
-
३ हजार १ सय ६९ जनालाई कम्पनीले रू. ५२ करोड ४९ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ८ सय ४४ जनालाई रू. ५८ करोड ५६ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
-
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. २० दशमलव ७४, मूल्य आम्दानी अनुपात ३० दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रू. २ सय ४ दशमलव २९ छ । मंगलवारको शेयरमूल्य रू. ६ सय ३० कायम भएको छ ।
-
अर्निङ पावर रेशियो : ०.०५ गुणा
-
अर्निङ यिल्ड रेशियो : ३.१७ प्रतिशत
-
डिभिडेन्ट यिल्ड रेशियो : . ३.२९ प्रतिशत
-
खरीद चाप : कम्पनीको मंगलवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १० हजार ६ सय १७ कित्ता शेयर खरीद गर्ने माग र १ हजार ७ सय ४२ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निर्जीवन बीमा कम्पनीले चुक्तापूँजी रू. १ अर्ब पुर्याउनुपर्ने हुन्छ । अपुगरू. १३ करोड ४० लाखबराबरको रकम बोनस शेयर जारी गरेर पु¥याउने कम्पनीले बताएको छ । रिजर्भ कोषमा रू. २३ करोड १४ लाख छुट्याएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा १ सय ९२ प्रतिशत बढी हो । बीमा कोषमा रू. ५९ करोड ९३ लाख जम्मा भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३१ प्रतिशत बढी हो । कम्पनीले ७१ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस