Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट माइक्रोफाइनान्सको साधारणसभा चैत २३ गते, यस्ता छन् पारित हुने एजेण्डाहरु

शुक्रबार, ०१ चैत्र २०७५, १३ : १७ मा प्रकाशित

सपोर्ट माइक्रोफाइनान्सको साधारणसभा चैत २३ गते, यस्ता छन् पारित हुने एजेण्डाहरु

अर्थ संसार, काठमाडौं–  सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले  आगामि चैत २३ गते साधारणसभा गर्ने मिति तोकेको छ ।  ६६.६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रमुख एजेन्डा राखेर सपोर्टले एजीएम बोलाएको हो ।

 कम्पनीले हाल कायम चुक्ता पुँजी ६ करोड रुपैयाँको ३ः२ अनुपातमा हकप्रद सेयर जारी गरी पुँजी १० करोड रुपैयाँ पुर्याउने तयारी गरेको छ । चैत ६ गतेसम्म कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन् । साधारण सभा माँ कामख्या होटल त्रियुगा आइतबारे, इटहरी –६, सुनसरीमा बस्नेछ ।
 
 संस्थाको नाम र केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्तावहरु पनि  छन् । साधारण सभा प्रयोजनका लागि चैत ७ देखि २३ गतेसम्म बुक क्लोज हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको